तत्काल प्रचण्डको विकल्प छैन : चक्रपाणि खनाल

काठमाडौँ । माओवादी केन्द्रका सचिव चक्रपाणि खनालले तत्काल प्रचण्डको विकल्प नभएको बताएका छन् । पार्टीमा अहिले नै उत्तराधिकारी तोकेर जाने कुरा नहुने तर विकल्परहित अवस्था नभएको उनले स्पष्ट पारे ।

‘त्यस्तो होइन । विकल्परहित संसारमा केही हुँदैन । अहिले नै उत्तराधिकारी घोषणा गरेर जाने कुरा हुँदैन । समय सन्दर्भमा  त्यो पनि गर्न सकिएला । तर तत्काल प्रचण्डको विकल्प खोज्ने बेला भएको छैन’, बिहीबार उनले भने ।

फागुनको पहिलो साता विधान अधिवेशनको तयारीमा रहेको माओवादीले नीति र नेतृत्वमा बहस गर्ने भन्दा पनि साङ्गठनिक संरचना तथा प्रक्रियाको विषयमा बहस केन्द्रित हुने खनालले बताए । माओवादीले शुक्रवारदेखि स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाएको छ । फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ ।