करिब साढे ७२ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

काठमाडौँ । नेपालमा रासायनिक मल करिब साढे ७२ हजार मेट्रिक टन मल मौज्दात छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकका अनुसार ७२ हजार ४५८ मेट्रिक टन रासायनिक मल मौज्दात भएको हो । यसमध्ये युरिया ४० हजार ७६७ मेट्रिक टन, डीएपी २६ हजार ८५४ मेट्रिक टन र पोटास ४ हजार ८३६ मेट्रिक टन रहेको मन्त्रालयको तथ्यांकमा छ ।

यस्तै, मौज्दात रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिडेटसँग ३२ हजार ५७९ मेट्रिक टन मौज्दात छ । साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग ३९ हजार ८७९ मेट्रिक टन मल मौज्दात रहेको जनाएको छ । मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया विशाखापटनमबाट नेपाल आयात हुने क्रममा रहेको जनाएको छ । थप ३० हजार मेट्रिक टन युरिया र २५ हजार मेट्रिक टन डीएपी सिपमेन्ट हुने क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ ।