दीपेन्द्रसिंहले युएईको आइएल टी-२० खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईको टी-२० फ्रेञ्चाइज लिग आइएल टी-२० खेल्ने भएका छन्।

उनलाई जारी सिजनका लागि गल्फ जायन्टले सम्झौता गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

यसअघि उनले क्यानडाको ग्लोबल टी-२० पनि खेलेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल र क्यानडाबीचको सिरिजका लागि उनलाई आराम दिइएको थियो।

युएईको ६ टिमबीच खेल भइरहेको छ। गल्फ जायन्ट ८ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा छ। उसले समूह चरणका दुई खेल खेल्न बाँकी छ।