बसबाट ओर्लने बित्तिकै ठक्कर दिँदा बालिकाको मृत्यु

  • मिति : माघ २४, २०८०

बारा । बारामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । सुवर्ण गाउँपालिका-२ सतगंज बोर्डरमा ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट कलैया उपमहानगरपालिका-८ मदरसा टोल बस्ने मुना साहकी छोरी २ वर्षीया अंतिमा कुमारी साहको बुधबार बिहान मृत्यु भएको हो ।

बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडिको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।