चितवन प्रहरीले हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

  • प्रकाशित मिति : February 6, 2024
  • नयाँ सवाल

चितवन । चितवन प्रहरीले विभिन्न समयमा हराएका ४५ थान मोबाइल अनुसन्धान पश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।

प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारमा हराएका मोबाइल खोजि गरि फिर्ता गरेको हो ।

सोमबार प्रहरीले ४५ थान आइफोन, सामसुङ, रेडमी, ओपो, भिभो, पोको लगायत विभिन्न कम्पनीका मोबाइलहरु सम्बन्धित व्यक्तिलाई कार्यालयमै बोलाएर बुझाएको हो ।

प्रहरी कार्यालय चितवनले पछिल्लो दुई महिनामा हराएका ९५ थान मोबाइल सम्बन्धित धनीलाई बुझाउन सफल भएको जनाएको छ ।