मुगु । मुगुमा आगलागीमा परेर दाजु बहिनीको मृत्यु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको छोरा १४ वर्षीय बिशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर गएराति मृत्यु भएको हो ।
सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतिरहेको अवस्थामा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भएलगत्तै पुगेको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगलागी निभ्याउने क्रममा दुवै जनाको शव फेला पारेको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।