काठमाडौँ । सोमबारलाई शिवजीको बार मानिन्छ । कुनैपनि कार्य गर्नको लागि सोमबार शुभ मानिन्छ। ज्योतिषको अनुसार, सोमबार भगवान शिव शंकरको लागि सबैभन्दा महत्वपुर्ण दिन हो।
सोमबारको शास्त्रहरुमा निकै महत्वपुर्ण भुमिका रहेको कुरा विश्लेषण गरिएको छ। सोमबार जमिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यवहारका हुने गर्दछन्।सोमबार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ।
कष्ट हटाउन यसो गर्नुहोस्
१) शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ।
२) मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस्।
३) चामल, दूध, चाँदी दान गर्नुहोस्।
४) चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ।
५) खीर खानु पनि शुभ हुन्छ।
६) जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस्।
७) चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ।
८) मोक्ष प्राप्तिको लागी तीर्थ जलले अभिषेक गर्नुहोस्।
९) धन-धान्य आदिको लागी मधुले अभिषेक गर्नुहोस्।
१०) लक्ष्मी प्राप्तिको लागी उखुको रसले अभिषेक गर्नुहोस् ।