कोलम्बो । श्रीलङ्काले आइतबार आफ्नो ७६ औँ स्वतन्त्रता दिवस सैन्य परेडकस साथ मनाएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले आफ्नो स्वतन्त्रता दिवसको सन्देशमा देश र विदेशमा रहेका सम्पूर्ण श्रीलङ्कालीहरूलाई देशको पुनर्निर्माणमा आफ्नो पूर्ण ऊर्जा लगाउन आह्वान गरेका छन् । विक्रमासिङ्घेले थुप्रै अवरोध र चुनौतीका बाबजुद पनि सरकारले अर्थतन्त्रलाई स्थायित्वतर्फ लैजान लागेको बताए ।
व्यापक, दीर्घकालीन राष्ट्रिय पुनर्निर्माण कार्यक्रमलाई ध्यानमा राख्दै कठिनाइहरू सहने नागरिकहरूको अटल समर्थनका कारण श्रीलङ्काले चुनौतीहरूलाई क्रमशः पार गरिरहेको उनको भनाइ छ। उनले वर्तमान आर्थिक पुनरुत्थान र समृद्धिको बाटोमा लागिरहन पनि जनतालाई आग्रह गरे । यसैबिच, सो अवसरमा सात सय ५४ कैदीले राष्ट्रपतिबाट विशेष माफी पाएका छन् ।