अभिनेता थलापति विजयले तमिलनाडुमा खोले राजनीतिक पार्टी

  • प्रकाशित मिति : February 3, 2024
  • नयाँ सवाल

मुम्बई । लोकसभा चुनाव अघि अभिनेता थलापति विजयले तमिलनाडुमा राजनीतिक पार्टी खोलेका छन्। उनले पार्टीको नाम तमिझगा वेत्री कझगम राखेका छन् । यसको हिन्दीमा अर्थ तमिलनाडु विजय पार्टी हो।

अभिनेता विजयले सन् २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ । तर, उनले लोकसभा चुनाव लड्ने कुरा अस्वीकार गरे। विजयले कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताए । ‘पार्टी बैठक बसेर हामीले यो निर्णय गरेका हौँ,’ उनले भने । विजयले फिल्ममा काम गरिरहने तर राजनीतिमा आएर तमिलनाडुका जनताको सेवा गर्ने पनि बताए ।

विजयको करियरको कुरा गर्दा उनले अहिलेसम्म ६५ भन्दा बढी फिल्ममा काम गरिसकेका छन् जसमध्ये उनका अधिकांश फिल्म हिट भएका छन् । मास्टर, थेरी जस्ता फिल्मले बक्स अफिसमा रेकर्ड तोडेका छन् । उनको कुल सम्पत्ति ४२० करोड रुपैयाँ छ ।  विजय सबैभन्दा धेरै कमाउने तमिल अभिनेता हुन्। उनले फिल्म ‘थलापथी ६५’का लागि १०० करोड पारिश्रमिक लिएका थिए । शुल्कको मामिलामा उनले ‘दरबार’का लागि ९० करोड भारु लिने रजनीकान्तलाई पनि पछि पारेका छन् ।