प्रधानमन्त्री कप: फाइनलमा पुलिस र आर्मी क्लबबीच प्रतिस्पर्धा हुने

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

बिहान सवा ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस अपराजित रहँदै फाइनलमा पुगेको टिम हो । पुलिसले लिगका सबै नौ खेल जितेको छ । आर्मी नौ खेलमध्ये सातमा जित र दुईमा हार व्यहोर्दै फाइनलमा आइपुगेको टिम हो ।

प्रतियोगिताको विजेताले दश लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।