विराटनगर कष्टम यार्ड सञ्चालनमा समस्या छैन : समिति

  • मिति : माघ १८, २०८०

काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिले वराटनगरस्थित कष्टम यार्ड चलाउन समस्या नरहेको बताएको छ । व्यवसायीले कार्गो रेल ल्याउन चाहेको खण्डमा कुनै पनि समस्या नहरेको समितिले जनाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उद्घाटन भई भारतको बथनाहदेखि विराटनगरको बुधनगर स्थित नेपाल कष्टम यार्ड सम्म पहिलो पटक कार्गो लिएर रेल आएको थियो । उक्त दिनबाट कार्गो रेल सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकास समिति, भन्सार कार्यालय तथा रेल कम्पनी तयारी अवस्थामा रहेका छन् । विराटनगर स्थित नेपाल कष्टम यार्ड पूर्णरुपमा तयारी अवस्थामा रहेको समितिले बताएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीहरुसंग पटक पटक  छलफल गरी रेल मार्फत कार्गो ल्याउन अनुरोध गरिरहेको समितिका कार्यकारी निर्देशक आशिष् गजुरेलले बताए । गजुरेलका अनुसार भन्सार कार्यालय र रेल्वे व्यवस्थापक पूर्ण रुपमा तयार रहेको बताए । अब व्यवसायीले कार्गो ल्याउनुपर्ने उनको भनाई छ । व्यवसायीले ल्याएको कार्गो नेपाल सरकारले तोकेको न्यूनतम शुल्कमा व्यवस्थापन गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको छ । सुरक्षाको पनि राम्रो व्यवस्था भएकाले निर्धक्क भएर कार्गो रेल ल्याउन व्यवसायीलाई गजुरेलको आग्रह छ ।