आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अर्थमन्त्री महतले थप निर्यात वृद्धिमा ध्यान दिन समेत उनले आग्रह गरे । ‘तमाम निर्यात व्यवसायी साथीहरूको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्त्वपूर्ण योगदान रहँदै आएको छ’ मन्त्री महतले भने, ‘थप निर्यात वृद्धि गर्न उत्पादन र प्रवर्द्धनमा ध्यान दिनुहोस् ।’
मन्त्री महतले निर्यात व्यवसायी महासङ्घ नेपालले उठान गरेका सवालहरू सबै जायज मागहरू रहेको उल्लेख गर्दै सरकारले चाहँदा चाहँदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको र निकट भविष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । यसै अवसरमा मन्त्री महतले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन अहिलेको आवश्यक नरहेको समेत प्रस्ट पारे ।
यसैगरी नेपाल ह्याण्डमेड पेपर एसोसिएसनबाट पद्मरत्न धाख्वा, नेपाल हर्बस एन्ड हर्बल प्रोडक्ट्स एसोसिएसनबाट प्रसुन सत्याल, नेपाल कार्पेट प्रड्युसर एन्ड एक्सपोर्ट एसोसिएसनबाट छेवाङ्ग डाम्डुल लामा, नेपाल जिन्जर प्रोडुसर्स एसोसिएसनबाट श्याम लिम्बु, अर्ग्यानिक एसोसिएसन अफ नेपालबाट तारा बास्कोटा, फेयर टेड ग्रुपबाट मिलन भट्टराई, हिमालयन अर्थोडक्स टिमबाट निरज राठी, फुटवेयर म्यानुफयाक्चरर एसोसिएसन नेपालबाट अमिर प्रतापजंग राना, नेपाल कथ्था उत्पादक सङ्घबाट कैलाशचन्द्र गोयल, ह्यान्डीक्रयाफ्ट ग्लास उद्योग फ्रफोसन एसोसिएसन अफ नेपालबाट गोपीप्रसाद कँडेल, नेपाल बरुम एसोसिएसन बाट सञ्जीव शाह, नेपाल प्लाई म्यानुफयाक्चरर एसोसिएसनबाट विष्णु मदोगदिया, नेपाल डेरी एसोसिएसनबाट नीराजन कोइराला, रुद्राक्ष व्यवसायी सङ्घबाट शालिकराम थापा र नेपाल कफी प्रोड्युसर्स एसोसिएसनबाट बोधराज अर्याल सम्मानित भएका छन् ।