काठमाडौं । फेसबुकको च्याटमा पुराना मेसेज आफैँ लोड हुने समस्या देखिएको छ । बुधबार अपराह्नदेखि कम्प्युटर वा ल्यापटपबाट फेसबुक चलाउँदा मेसेज बक्समा समस्या देखिएको हो ।
कम्प्युटर वा ल्यापटपमा फेसबुक खोल्दा इन्बक्समा गएर कुनै पनि च्याटग्रुपमा वा कुनै पनि प्रयोगकर्ताको इन्बक्समा क्लिक गर्दा आफैँ पुराना मेसेज लोड हुने भइरहेको छ । यो समस्या फोनमा भने देखिएको छैन ।
डाउन भएका वेबसाइटबारे रिपोर्ट गर्न मिल्ने डाउनडिटेक्टर वेबसाइटमा अहिले धेरैले फेसबुकबारे रिपोर्ट गरेका छन् । प्रयोगकर्ताहरूले आफूले डेस्कटपबाट फेसबुक चलाउँदा मेसेज बक्समा समस्या भोगिरहेको बताएका छन् ।