लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ

944 Shares

बारा । लागूऔषध मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुर सिमरा उप-महानगरपालिका, वडा नं.११ खेस्रवल टोल बस्ने ३२ वर्षीय साधु यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार माघ १६ गते प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट लागूऔषध मुद्दामा कैद जरिवाना तोकी वारदातपछि फरार रहेको निम्न यादवलाई खोजतलास गरी लुकीछिपी बसेको अवस्थाबाट पक्राउ गरिएको हो । उनलाई १ वर्ष ५ महिना ६ दिन कैद र २० हजार जरिवाना सुनाएको थियो । न्यौपानेका अनुसार यादवमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।