काठमाडौं । एसिड आक्रमणबाट पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ ।
चलचित्रको शुभमुहूर्त कार्यक्रममा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा राप्रपा सांसद ज्ञानेन्द्र शाही, ऐमाले सांसद सुनिता बराल कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत कमेडियन हिमेश पन्त उपस्थित थिए ।
मुहूर्तको उक्त अवसरमा पहिलो दृश्यको निर्देशन ओलीले गरे । ओलीले एक्सनभन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरू उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र बस्नेतले नरिवल फुटाएका थिए । ‘नमेटिने घाउ’मार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने भएका छन् ।
अभिनेता रमित ढुंगानाले बायोपिक फिल्मका रूपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गरेका हुन् । यही फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्दैछन् ।
चलचित्रलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाउन लागिएको हो । चलचित्रको कथा शिवम् अधिकारीले लेखेका छन् ।