श्रीलंकामाथिको निलम्बन आईसीसीले गर्‍यो फुकुवा

  • मिति : माघ १४, २०८०
1.6K Shares

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको छ ।

आईसीसीले आइतबार एकपटकको एकदिवसीय र ट्वान्टी–२० विश्वकप च्याम्पियनसमेत रहेको श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको हो ।

यसअघि आईसीसीले गत नोभेम्बरमा तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै श्रीलंकालाई निलम्बन गरेको थियो ।