कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न, ३० हजारभन्दा बढीले गरे अवलोकन

  • मिति : माघ १४, २०८०
1.4K Shares

काठमाडौँ । कृषि सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैटौँ नेपाल एग्रीटेक’ एक्स्पोको आइतबार सम्पन्न भएको छ । सो प्रदर्शनी ३० हजार बढीले अवलोकन गरेका छन् ।

माघ १२ गतेदेखि आइतबारसम्म जारी रहेको प्रदर्शनीमा कृषक, विद्यार्थी, व्यवासायी, विभिन्न संघ संस्थाका प्रतिनिधि गरी ३० हजारभन्दा बढीले अवलोकन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ इन्जिनियर डा. जित बहादुर चन्दले बताए । सो मेलमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका एक सयभन्दा बढी स्टलहरू रहेका थिए । नेपाल, भारत, जापान, टर्की र चीनको सहभागिता रहेको उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरको कृषि मेला प्रदर्शनीमा एसियाकै विज्ञहरुको कृषिको विभिन्न विषयमा प्रस्तुतीकरण राखिएको उनले बताए । सोबाट धेरैले ज्ञान प्राप्त गरेको चन्दले दाबी गरे । कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैँसी पालन, डेरी लगायत कृषि औजार, उपकरण, केराखेती, थोपा सिँचाइ लगायत प्राविधिहरु प्रदर्शन गरिएको थियो । मिडिया स्पेस सोलसुन प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा. लिमिटेड, तथा एक्जिभिसन एण्ड ट्रेड सर्भिस इन्डिया प्रा.लि.को संयुक्त आयोजनामा सो मेला गत शुक्रबारदेखि सञ्चालन गरिएको थियो ।