बारामा १०२ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

वीरगन्ज । मधेश प्रदेश प्रहरीले लागुऔषध ब्राउन सुगरसहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको टोलीले बाराको बरियापुरबाट सुवर्ण गाउँपालिका ७ निवासी सुन फुलुवा बस्ने उमेशकुमार यादवलाई पक्राउ गरेको हो ।

ब्राउन सुगरजस्तो देखिने १०२ ग्राम लागु औषधसहित उनलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।  उनका अनुसार सिमरातर्फ जाँदै गरेको बा ९४ प ६११४ नम्बरको मोटरसाइकल जाँच गर्दा ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको हो ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी भनाइ छ ।