६८औँ चिकित्सक दर्ता लाइसेन्स परीक्षाका लागि एक दिन थप

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६८औँ चिकित्सक दर्ता लाइसेन्स परीक्षाका लागि एक दिन थप गरेको छ । परीक्षार्थी धेरै भएपछि एक दिन थप गरिएको काउन्सिलले जनाएको छ ।

यसअघि माघ १७ देखि १९ गतेसम्म परीक्षा मिति तोकिएकोमा अब माघ १६ देखि १९ गतेसम्म हुनेछ । सो परीक्षाका लागि दुई हजारभन्दा बढी आवेदन परेको छ । दैनिक तीन सिफ्टका दरले सात सिफ्टमा परीक्षा लिनुपर्ने भएकाले दिन थप गरिएको काउन्सिलले जनाएको छ ।