काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।
बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा नेपाल पाकिस्तानसँग पाँच विकेटले पराजित भएको हो ।
नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्ताले पाँच विकेटको क्षतिमा ४७.४ ओभरमै भेटायो ।
टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रन बनाएको थियो ।
आजको खेलमा नेपालका ब्याटरले दौडिएरै पाँच रन बनाएका थिए । विश्व क्रिकेटमा दौडिएर पाँच लिएको दृष्य निकै कममात्र देख्न पाइन्छ । नेपालका आकाश चन्दले ४९औँ ओभरको पाँचौँ बलमा दौडिएरै पाँच रन ल्याएका हुन् । पाकिस्तानका मोहम्मद जिसानको बलमा आकाश र सुवास भण्डारीले दौडिएर पाँच रन ल्याए ।