मोरङ । कोशी प्रदेशका पूर्वमन्त्री तथा माओवादी केन्द्रका सांसद जीवन आचार्यले पाँच सय जनालाई कम्बल वितरण गरेका छन् । सांसद आचार्यले आफ्नो निर्वाचन क्षेत्रका पाँच सय जनालाई कम्बल वितरण गरेका हुन् ।
शितलहरबाट बच्न उनले निर्वाचन क्षेत्र मोरङ–६(क)को ५ र बुढीगंगा–७ का पाँच सय जनालाई कम्बल वितरण गरेका छन् । केही समय कोशी प्रदेशको मन्त्री हुँदा पनि उनले विकासका योजनालगायत जनताका गुनासालाई निरन्तर सम्बोधन गर्दै आइरहेका थिए ।