चीनको युयान प्रान्तमा पहिरो; पुरिनेको संख्या अज्ञात

काठमाडौं । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा सोमबार बिहान पहिरोमा परी मानिस बेपत्ता भएका छन् । पहिरोमा पुरिएकाको संख्या अज्ञात रहेको चीनका अधिकारीको भनाइ छ ।

काउन्टीको प्रचार विभागका अनुसार, झेन्सिङ काउन्टीको ताङफाङ टाउनस्थित लिआङसुई गाउँमा बिहान ५ः५१ बजे पहिरो गएको हो । बेपत्ताको खोजी तथा उद्धारकार्य जारी छ ।