सन्दीप लामिछानेलाई ८ वर्ष कैद

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाईएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय सुनाएको हो ।

अदालतले पीडितलाई ५ लाख रूपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ। साथै यस फैसलाविरुद्ध सन्दीप पुनारावेदन जान पनि सक्छन्।