उपभोक्ता ठग्ने दुई व्यापारीलाई साढे २ लाख जरिवाना

  • प्रकाशित मिति : January 8, 2024
  • नयाँ सवाल

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने दुई व्यापारिक फर्मलाई कूल २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । बजार अनुगमनका क्रममा विभिन्न बाहानमा उपभोक्ता ठगेको पाइएपछि दुई वटा फर्मलाई जम्मा २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।

विभागले नयाँ बानेश्वको कस्मेटिक पसललाई २ लाख जरिवाना तिराएको आनन्दराज पोखरेलले जानकारी दिए । उक्त पसलले रिलेवलिङ गरेको गुणस्तरहीन सामाग्रीको व्यापार गर्दै आइरहेको थियो । यस्तै, कम परिमाणको वस्तुलाई महँगो मूल्यमा बेचेको समेत विभागले जनाएको छ ।

यस्तै, नयाँ बानेश्वरकै रेडिमेड तथा थान कपडा पसललाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । यो पसलले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएको विभागले जनाएको छ । यस्तै, मूल्यसूचीमा राख्नुपर्नेमा त्यो समेत नराखेको अनुगमनका क्रममा पाइएपछि ५० हजार जरिवाना तिराइएको पोखरेलले जानकारी दिए ।आज विभागले नयाँ बानेश्व क्षेत्रका ५ व्यापारिक फर्ममा अनुगमन गरेको थियो । त्यसक्रममा दुई वटा फर्मलाई आर्थिक जरिवाना गर्दा दुई वटालाई सामान्य निर्देशन दिइएको थियो । यस्तै एउटा व्यापारिक फर्मलाई भने कागजात माग गरिएको विभागले जनाएको छ ।